You are viewing the translated version of फैसला र आदेश.
Section 53
फैसला र आदेश
(१) सम्बन्धित पक्ष वा कानून व्यवसायीको भनाई वा बहस जिकिर समाप्त भएपछि इजलासले सोही दिन निर्णय गर्नु पर्नेछ।
तर कुनै मुद्दामा मुद्दाको जटिलताका कारणले थप विचार विमर्श गर्नु पर्ने भई सोही दिन निर्णय सुनाउन नसकिने भएमा निर्णय सुनाउनका लागि इजलासले सात दिनसम्मको अर्को तारिख तोक्न सक्नेछ।
(२) फौजदारी कसूर (सजाय निर्धारण तथा कार्यान्वयन) ऐन, २०७४ को दफा ८ बमोजिम कसूर कायम भएकोमा तीस दिन ननाघ्ने गरी सजाय निर्धारण गर्न सुनुवाईका लागि अर्को पेसी तोक्नु पर्नेछ।
(३) उपनियम (१) बमोजिमको निर्णय राय किताबमा लेखी निर्णय गर्ने सदस्यले दस्तखत गरी सो निर्णय उपस्थित रहेको पक्षलाई सुनाई निजको सहीलछ्लाप गराउनु पर्नेछ।
(४) उपनियम (३) बमोजिमको राय किताब अनुसूची-१५ बमोजिमको ढाँचामा राखिनेछ।
(५) मुद्दामा निर्णय भएपछि प्रचलित कानूनमा तोकिएको अवधिभित्र फैसला लेखी निर्णय गर्ने सदस्यहरूले दस्तखत गरी त्यस्तो फैसलाको कागज मिसिलमा संलग्न गरी राख्नु पर्नेछ।